कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी विकास निर्देशनालय

पशु अस्पताल तथा पशु सेवा कार्यालय

सल्यान

परिचय

यस कार्यालयकाे स्थापना भेटेरीनरी डिस्पेन्सरी कृषि शाखा अन्तरगत रहेकाेमा व‍ि‍ स २०३७ सालमा छुट्टै कार्यालयकाे रुपमा पशु स्वास्थ्य तथा पशु विकास कार्यक्रम सञ्चालन गरियाे । पछी वि‍‌ स २०३८ सालमा ७५ वटै जिल्लामा पशु चिकित्सालयकाे रुपमा परिवर्तन भयाे । यसरी पशु विकास तथा पशु स्वास्थ्य सम्वन्धि कार्यक्रम सञ्चालन गर्दै आईरहेकाेमा वि स २०४४ मा पशु विकास तथा पशु स्वास्थ्य शाखाकाे नामाकरण भई जिल्ला पशु सेवा कार्यालय भयाे र तत्कालिन श्री ५ काे सरकारकाे निर्णय अनुसार एउटै छाना मुनिकाे निति अनुरुप जिल्ला कृषी विकास कार्यालयमा गाभिएर कार्यक्रम सञ्चालन गर्दै आएकाेमा वि स २०७५ मा जिल्ला पशु सेवा का्रयालय र कृषी विकास कार्यालयबाट अलग भई सुचारु रुपमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहकाे छ ।हाल २०७२ साल देखि पशु सेवा कार्यालयको नाम परिवर्तन भई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कायम गरीएको थियो । पुनः २०७६ साद भाद्र १३ गते देखि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान नामाकरण भई कर्णाली प्रदेश सरकार अन्तर्गत रहि आफ्नो कार्य अगाडी वढाईरहेको छ । हाल पशु अस्पताल तथा पशु सेवा कार्यालवाट पशु स्वास्थ्य सम्वन्धि काम र पशु विकास सम्वन्धि काम गरी पशु जन्य उत्पादन दुध फुल मासु माछा उत्पादन तथा उत्पादकत्व बढाई कृषकहरुलाई पशुजन्य पदार्थवाट आयआर्जन बढाई गरिवि निवारणमा टेवा पुर्याईरहेको छ ।


उदेश्य

स्थानीय नश्लका गार्इ, भैसी, बाख्राको कृत्रिम गर्भाधानको माध्यमले नश्ल सुधार तथा कृत्रिम गर्भाधान कार्यमा सहयोग पुरयाउनु । दिर्घकालिन पशु पालन व्यवसायवाट हालको विध्यमान गरिवि न्युनिकरण गर्ने । वातावरणिय सुधार गर्ने तथा जिल्ला भित्रको पशुपंक्षीको संरक्षण र सम्वर्धन गर्ने ।


केन्द्रको जिम्मेवारी


भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एव पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पदानलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउने ।